Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले एकै महिनामा भित्र्यायो दुई अर्ब बढी डलर रेमिट्यान्स

बंगलादेशले एकै महिनामा भित्र्यायो दुई अर्ब बढी डलर रेमिट्यान्स


ढाका ।
बंगलादेशले एकै महिनामा दुई अर्ब बढी अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको छ । विदेशमा रहेका बंगलादेशी आप्रवासीले मे महिनामा दुई अर्ब १७ करोड अमेरिकी डलर रेमिट्यान्स स्वदेश पठाएका हुन् ।

बंगलादेश बैंकको ताजा तथ्यांकअनुसार रेमिट्यान्सको उक्त परिमाण यो वर्षकै धेरै हो । कोरोनाको दोस्रो लहर चलिरहँदा बंगलादेशले ठूलो आकारको रेमिट्यान्स भित्र्याएको केन्द्रीय बैंकले जनाएको छ ।

मे महिनाको रेमिट्यान्स अप्रिल महिनाको भन्दा पाँच प्रतिशतले बढी हो । गत अप्रिलमा दुई अर्ब छ करोड डलर, जनवरीमा बंगलादेशले एक अर्ब ९६ करोड डलर, फेब्रुअरीमा एक अर्ब ७८ करोड डलर र मार्च महिनामा एक अर्ब ९१ करोड डलर भित्रिएको थियो ।

तर गत वर्षको अगस्टको तुलनामा भने यो रेमिट्यान्स केवल १०.५४ प्रतिशतले बढी हो भने जुलाई २०२० यताकै दोस्रो ठूलो आकार हो । जनवरीदेखि मे महिनासम्म रेमिट्यान्समात्रै नौ अर्ब ८९ करोड डलर भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया