Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको रावलपिंडीमा अत्यधिक गर्मी, खानेपानीको अभाव

पाकिस्तानको रावलपिंडीमा अत्यधिक गर्मी, खानेपानीको अभाव


इस्लामावाद ।
तापक्रम बढ्दै जाँदा पाकिस्तानको रावलपिन्डीमा पानीको आपूर्तिमा अभाव देखिन थालेको छ । पानीको अभाव हुनुमा भूमिगत पानीको तह घट्नु र बाँधबाट प्रशस्त आपूर्ति नहुनुलाई कारक मानिएको छ । खानेपानी तथा सरसफाई निकाय (वासा) का प्रबन्धनिर्देशक राजा शौकत मेहमूदले पानीको अभावबारे भने, ‘गर्मीका कारण पानीको भूमिगत तह घटेपछि वितरणमा कमी भएको हो ।

रावलपिन्डी सहरमा दैनिक पाँच करोड ९० लाख ग्यालन पानीको आवश्यकता रहेकोमा हाल चार करोड ६० लाख ग्यालन आपूर्ति भइरहेको छ ।’ उनले भूमिगत पानीको सतह ६ सय ५० फिट गहिराइमा झरेको छ भने रावल र खानपुर बाँधबाट हुने पानीको आपूर्तिमा गर्मीका कारण उल्लेख्य कटौती हुँदा अभाव बढेको बताए ।

प्रबन्धनिर्देशकले भने, ‘भूमिगत स्रोत र बाँधबाट आउने पानीको स्रोत सहरबासीको पानीको मुख्य स्रोत रहेको र खडेरीका कारण ती स्रोतहरूबाट आवश्यकता अनुसार पानीको मात्रा उपलब्ध नहुँदा समस्या देखिएको रावलपिंडी सहरका १६ लाख बासिन्दाको पानीको आवश्यकता पूरा गर्न स्थापित ४६० ट्युबवेलहरूबाट माग पूरा गर्न समस्या भइरहेको हो ।’ उनले भने, ‘सहरमा यसपहिले पनि नागरिकले आवश्यकता अनुसार पानी पाइरहेका थिएनन् र खडेरी र गर्मी बढ्दै जाँदा समस्या पनि बढिरहेको छ ।’

द एक्सप्रेस ट्रिब्यूनले मेहमूदलाई उद्धृत गर्दै भनेको छ, ‘खानेपानी आयोजनाको पहिलो चरण विगत दुई दशकदेखि थाँती रहेको छ र बारम्बार समीक्षा गरिए पनि सुरु गरिएको छैन ।’ इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) सरकारको तीन बर्षको अवधिमा पनि यो परियोजना छलफल र बैठकको हिस्सा मात्र रहेको र यसलाई सुरु गर्न कुनै ठोस प्रयास नगरिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका अन्य सहरी क्षेत्रहरू पनि पानीको सङ्कटमा तीब्ररूपमा पर्दै गएका छन् । अप्रिलमा कराँचीमा ४० डिग्री सेल्सियस तापक्रम पुग्दा पानीको माग बढेको तर तीव्र अभाव भएको बताइएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया