Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी टायर उत्पादकले मलेसियामा मजदुरमाथि शोषण गरेको आरोप

अमेरिकी टायर उत्पादकले मलेसियामा मजदुरमाथि शोषण गरेको आरोप


क्वालालम्पुर ।
अमेरिकी टायर उत्पादक कम्पनी गुडइयर टायर एन्ड रबर कम्पनीले मलेसियामा मजदुरमाथि शोषण गरेको आरोप लागेको छ । कम्पनीले मलेसियाको कारखानामा श्रमिकलाई तलब नदिएको, अवैध रुपमा ओभरटाइम काम गराएको र विदेशी कामदारलाई डर देखाएको श्रमिकले अदालतमा दायर गरेको मुद्दासम्बन्धी कागजातमा उल्लेख छ ।

रोयटर्सका अनुसार छ जना अहिलेका र पहिलेका श्रमिकले गुडइयरले गलत रुपमा तलब घटाएको र उनीहरुको पासपोर्टमा पहुँच समेत नदिएको बताएका छन् । मलेसियाको श्रम विभागले गत वर्ष गुडइयरलाई ती आरोपमा जरिवाना तिराइएको बताएको छ । एक पूर्वकामदारले कम्पनीले आफ्नो पासपोर्ट अवैध रुपमा नियन्त्रणमा राखेको बताए । यसबारे कम्पनीले गरेको कागज उनले रोयटर्सलाई देखाएका छन् । लामो समयपछि मात्रै पासपोर्ट कम्पनीले सम्बन्धित कामदारलाई फिर्ता दिएको थियो ।

Open Photo

यसअघि एक सय ८५ विदेशी कामदारले कम्पनीविरुद्ध तीनवटा मुद्दा दर्ता गरेपछि यसबारे खुलेको हो । सन् २०१९ मै दुईवटा र सन् २०२० मा एउटा मुद्दा परेको थियो । कम्पनीले कामदारलाई बोनसलगायतका सुविधा समेत नदिएको बतााइएको छ । गत वर्ष परेका दुई मुद्दा विदेशी कामदारले जितेका थिए । अदालतले कम्पनीलाई श्रमिकको तलबलगायतका सुविधा तत्काल तिर्न आदेश दिएको थियो ।

विदेशी कामदारले १२ लाख १० हजार अमेरिकी डलरबराबरको तलब तिर्न बाँँकी रहेको बताएको उनीहरुका वकिल चन्द्र सेगारन राजन्द्रनले बताएका छन् । ती कामदारहरु भने नेपाल, म्यानमार र भारतका छन् । गुडइयर विश्वकै ठूलोमध्येको एक टायर उत्पादक कम्पनी हो । उसले दुवै मुद्दाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको थियो । यसको निर्णय जुलाई २६ मा हुँदै छ । तेस्रो मुद्दाको सुनुवाइ आगामी केही हप्ताभित्र हुने बतााइएको छ । यसबारे गुडइयरले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

गत वर्ष गुडइयर मलेसियाले विदेशी श्रमिकलाईं नाफामा पहुँच नपुग्ने सम्झौता नै भएको दाबी गरेको थियो । अदालतले भने श्रमिकलाई नाफामा पहुँच पुग्ने फैसला गरेको छ । यता गुडइयरले आफ्नो नीति र अभ्यास पारदर्शी भएको जनाउँदै श्रमिकमाथि अत्याचार नगरेको दाबी गरेको छ । गत वर्ष मलेसियाको श्रम विभागले समेत गुडइयरविरुद्ध अनुसन्धान गरेको थियो । त्यो बेला कम्पनीलाई १० हजार ५० अमेरिकी डलर जरिवाना गराइएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया