Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले सहयोगस्वरुप दिएको खोप पाकिस्तान पुग्यो

चीनले सहयोगस्वरुप दिएको खोप पाकिस्तान पुग्यो


इस्लामाबाद ।
चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार चीनको सिनोफार्मद्वारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु-याउने चिनियाँ दूतावासले जानकारी दिएको छ ।

मंगलबार चिनियाँ खोपको उदघाटन समारोहमा भाग लिएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा सहयोग गर्दै आएको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन् । चिनियाँ सरकार र सेनाले दिएको सहयोग खोप प्राप्त गर्ने पहिलो देश पाकिस्तान भएकोमा चीनलाई गर्व भएको पनि राजदूतले बताएका छन् ।

कोरोनाविरूद्ध लड्न चीनले पाकिस्तानलाई आफ्नो सहयोग अझ प्रगाढ पार्ने उनले बताएका छन् । हाल जारी महामारी नसकिएसम्म पाकिस्तानलाई सम्भव सबै सहयोग गर्ने राजदूतले जानकारी दिएका छन् ।

यस वर्षको सुरूमा चिनियाँ सरकारले पाकिस्तानलाई तेस्रो खेप खोपहरु सहयोग पु-याउन थियो र चिनियाँ सेनाले पाकिस्तानी सेनालाई दोस्रो खेप खोपहरु पनि सहयोग गरेको थियो । चीनले पहिलो खेप खोप सहयोग पाकिस्तानलाई गरेपछि गत फेब्रुअरीको शुरुबाट नै पाकिस्तानले कोरोनाविरुद्ध खोप अभियान गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया