Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्कोविरुद्ध कामदारले जिते समान तलबको मुद्दा

टेस्कोविरुद्ध कामदारले जिते समान तलबको मुद्दा


लन्डन ।
टेस्को कम्पनीका हजारौँ पूर्व र वर्तमान कामदारले कम्पनीविरुद्धको समान तलबको मुद्दा जितेका छन् । युरोपेली कोर्ट अफ जस्टिसले युरोपेली कानुन आफ्ना कर्मचारीलाई समान ज्याला दिलाउन लागू हुनसक्ने फैसला गरेको हो । अधिकांश महिला टेस्कोका कामदारले पुरुष सहकर्मी बराबर तलब वितरण नभएको तर्क गरेका थिए । यसले युरोप र बेलायतको कानुन उल्लंघन गरेको उनीहरुको दाबी थियो ।

बेलायतकै ठूलो खुद्रा सामग्री बिक्रेता टेस्को र कामदारको तर्फबाट लेई डे नामको ल फर्मले आआफ्नो पक्षमा वकालत गरेका थिए । उनीहरुले युरोपेली कानुनको विशेष पक्षबाट फैसला गर्न भनेका थिए । जुन बेलायती व्यवसायमा लागू हुन्छ । पछिल्लो फैसलासँगै कम्पनीले अब समान तलब वितरण गर्नुपर्ने बाध्यता परेको कामदारको पक्षमा मुद्दा लडिरहेको लेई डेले दाबी गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया