Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगलले डाइभर्सिटी हेडलाई पदबाट हटायो

गुगलले डाइभर्सिटी हेडलाई पदबाट हटायो


अमेरिका ।
इन्टरनेट खोजीसम्बन्धी कम्पनी गुगलले आफ्ना एक वरिष्ठ अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । कम्पनीले डाइभर्सिटी हेड कमाउ बबलाई एउटा नश्लीय ब्लगपोस्टका कारण हटाएको हो ।

सन् २००७ को उक्त ब्लगपोस्टमा इजरायल–प्यालेस्टाइन संघर्षबारे उल्लेख गर्दै बबले इजरायली (जिविस) हरु संवेदनाहीन भनेका थिए । उक्त पोस्ट अहिले डिलेट भइसकेको छ । बिहीबार गुगलका एक प्रवक्ताले बब कम्पनीको डाइभर्सिटी समूहमा नरहने बताएका थिए । गुगलले उक्त पोस्टको चर्को आलोचना समेत गरेको छ । पोस्टको इजरायलीहरुले विरोध गरेका थिए । पछि बबले पोस्टका लागि क्षमा मागेको गुगलले बताएको छ ।

पछिल्लो समय अमेरिकामा नश्ल, जाति, भाषा, भूगोलसँग सम्बन्धित हिंसा र विभेदका घटना बढिरहेका छन् । बबले सन् २०१८ मा गुगलसँग आबद्ध भएका थिए । उनले गुगलका कर्मचारीसँग पनि माफी मागिसकेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया