Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानमा जन्मदर घट्यो

जापानमा जन्मदर घट्यो


टोक्यो ।
जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।

जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसांख्यिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार आठ सय ३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षभन्दा २.८ प्रतिशत कम हो ।

गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको बर्ष सन् १८९९ देखिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । सीएनएनले सार्वजनिक गरेको विवरणमा गत बर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा सन् २०२० मा पाँच लाख २५ हजार चार सय ९० वटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने जनाइएको छ । सन् २०१८ मा गरिएको जनगणनाअनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया