Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा भारी वर्षाको कारण १४ को मृत्यु, दुई लाख ४५ हजार प्रभावित

श्रीलंकामा भारी वर्षाको कारण १४ को मृत्यु, दुई लाख ४५ हजार प्रभावित


कोलम्बो ।
श्रीलंकामा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरूले बताएका छन् । मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा रहेको केगालेका रहेका छन् भने तीन रत्नपुरा जिल्लाका रहेका छन् ।

वर्षापछि आएको बाढीका कारण केही व्यक्ति हराइरहेका र केही घाइते भएका बताइएको छ । श्रीलंकाको विपत् व्यवस्थापन केन्द्रका अनुसार १५ हजार छ सय ५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने आठ सय घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

श्रीलंकाको मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनमा आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैबीच श्रीलंकाको नौसेनाले वर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ । कोपुम्बुको बाहिरी इलाकामा रहेको सपनी सापुगास्कान्डा तेल प्रशोधन केन्द्रमा जान हिँडेका इन्धन गाडीहरूलाई बाढीले बगाउनसक्ने भनी यस पहिले चिन्ता व्यक्त गरिएको भएपनि यो खतरा तत्काललाई टरेको छ ।

शनिबार भारी वर्षापछि तेल प्रशोधन केन्द्रमा राखिएको ट्यांकीलाई पानीले बगाउने र यसका कारण जलचरलाई खतरा बढेको बताइएको थियो । प्रतिकूल मौसमका कारण स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रम पनि अवरोध भएको जनाएको छ । स्वास्थ्य सेवाका उपमहानिर्देशक हेमन्था हेराथले स्थानीय सञ्चारमाध्यमलाई बाढी प्रभासवत जिल्लाहरुमा खोप कार्यक्रम स्थगित नभए पनि भारी वर्षाका कारण अधिकारीहरुले शत प्रतिशत काम गर्न नसकेको बताए ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया