Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंयुक्त राष्ट्रसंघ भन्छ : खाद्यान्न एक दशकयताकै महँगो

संयुक्त राष्ट्रसंघ भन्छ : खाद्यान्न एक दशकयताकै महँगो


संयुक्त राष्ट्रसंघ ।
विश्वमा खाद्यान्नको मूल्य दशकयताकै बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । दशकयता तीव्र महिनागत वृद्धिदरमा खाद्यान्नको मूल्य बढेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले विश्व खाद्यान्न मूल्य सूचकांकलाई लिएर यस्तो मूल्य निर्धारण गर्छ । महमारीका बेला खाद्यान्न उत्पादन, श्रम र यातायातमा असर पर्दा आपूर्ति प्रणाली ध्वस्त भएको थियो । सोही कारण महंगी अझै बढ्ने र यसले विश्व अर्थतन्त्रको पुनरुत्थानमा नै असर पुग्ने राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले खाद्यान्न मूल्य सूचकांका ट्र्याक गर्छ । उक्त सूचकांकअनुसार मे महिनामा खाद्यान्न अप्रिलमा भन्दा ४.८ प्रतिशतले बढेको पाइएको छ । जुन सन् २०१० को अक्टोबरयताकै ठूलो वृद्धिदर हो । र सन् २०२० मेमा भन्दा ३९.७ प्रतिशतले धेरै हो । उक्त अवधिमा तरकारी, गेडागुडी र चिनीको मूल्य धेरै बढेको पाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया