Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतारविनै चार्ज गर्न मिल्ने आइप्याड आउँदै

तारविनै चार्ज गर्न मिल्ने आइप्याड आउँदै


अमेरिका ।
विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तारविना चार्ज गर्न मिल्ने आइप्याड चाँडै बजारमा ल्याउने जनाएको छ । अहिले नयाँ विशेषतासहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को वर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ । तारविना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुने पनि कम्पनीका अधिकारीहरुले जनाएका छन् ।

चार्जरविना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विशेषताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । विना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ । एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन् ।

तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ । प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अव हट्ने भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया