Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप


बेइजिङ ।
चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको संकेत गरेको बताए ।

खोप कार्यक्रमबारे आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले ‘खोपको ग्रेटवाल’ निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए । आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ । (रासस–सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया