सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ५.६ प्रतिशत : विश्व बैंक
वासिङ्टन ।
विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ । एपीका अनुसार कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ ।
मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो । कोरोनाभाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो ।
बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६.६ प्रतिशत रहेको थियो । तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाइ छ ।
संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रहरुले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजस्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् । त्यही कारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु-याउने सम्भावना छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने छैन ।
विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकहरुलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकहरुमा खोप अभियान सुस्त छ ।
बैंकले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । जनवरीमा अमेरिकी अर्थतन्त्र ३.५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको थियो ।
कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको गत वर्षको आर्थिक वृद्धि ३.५ प्रतिशतले गिरावट आएको थियो । तर खोप अभियान तीव्र बनाएसँगै अमेरिकी अर्थतन्त्र उकालो लागेको छ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन् २०२१ मा ८.५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । कोरोनाभाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २.३ प्रतिशतले वृद्धि भएको थियो ।
युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६.६ प्रतिशतको गिरावट आएको थियो । जापानको अर्थतन्त्र पनि गत वर्ष ४.७ प्रतिशतले गिरावट आए पनि यस वर्ष २.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया