Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियाली कम्पनीले बंगलादेशमा लगानी गर्ने

दक्षिण कोरियाली कम्पनीले बंगलादेशमा लगानी गर्ने


ढाका ।
दक्षिण कोरियाली कम्पनी पीएच क्रिएटिभ (बीडी)ले बंगलादेश एक्सपोर्ट प्रोसेसिङ जोन्स अथोरिटी (बेप्जा)सँग मंगला एक्सपोर्ट प्रोसेसिङ जोनभित्र कारखाना स्थापनाको लागि सम्झौता गरेको छ ।

क्याम्पिङ वस्तु र गार्मेन्ट वस्तु उत्पादनका लागि कारखाना बनाउन उक्त सम्झौता गरेको बताइएको छ । उसले यसका लागि ४१ लाख ५० हजार अमेरिकी डलर लगानी गर्नछ । कारखानाबाट ५० लाख क्याम्पिङ वस्तु वार्षिक उत्पादन हुनेछ । यी वस्तुमा स्टिल, आल्मुनियम र फलामका फ्रेम, त्रिपाल, ट्रली ब्याग, ह्यान्ड ब्याग, स्लिपिङ ब्याग, क्याम्पिङ चेयरसँगै गार्मेन्ट वस्तुहरु शर्ट, ज्याकेटलगायतका छन् ।

उक्त कारखाना स्थापनासँगै नौ सय ९० रोजगारी सिर्जना हुनेछ । बेप्जाका लगानी प्रवद्र्धन हेर्ने सदस्य महमुदुल हुसेन खानले कोरियाली कम्पनीका प्रमुख जिन हो बाईसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको डेलि स्टार अनलाइनले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया