Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलमा कोरोनाबाट हुने मृत्युको संख्या झन् बढ्यो

ब्राजिलमा कोरोनाबाट हुने मृत्युको संख्या झन् बढ्यो


रियो दि जेनेरियो ।
ब्राजिलमा कोभिड १९ को संक्रमणबाट हुने मृत्यु झन् वृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबार मात्र दुई हजार तीन सय ७८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो । तर त्यसको २४ घण्टापछि मंगलबार मात्र यहाँका दुई हजार तीन सय ७८ जना संक्रमितको यस कोरोनाको संक्रमणबाट ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या चार लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि जानकारी दिइएको छ । अघिल्लो दिनमात्र अर्थात् सोमबार यहाँका करिब ३७ हजार जनामा मात्र सङक्रमण देखिएकोमा त्यसमा वृद्धि भएको पनि बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया