Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम

भारतमा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ । एएनआईका अनुसार सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार पाँच सय ९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार चार सय ९८ जना संक्रमित भएको देखाइएको थियो । त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख छ सय ३६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख ३१ हजार चार सय १५ रहेको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ७५ लाख चार हजार एक सय २६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कुल दुई हजार दुई सय १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या तीन लाख ५२ हजार पाँच सय २८ पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया