एफडीआईसम्बन्धी नयाँ कानुन ल्याउने तयारीमा भारत
नयाँ दिल्ली, माघ ३
भारतले बाह्य लगानी संरक्षणका लागि नयाँ कानुन ल्याउने तयारी गरेको छ । रोयटर्सका अनुसार यससम्बन्धी विवादको द्रुत समाधान गर्ने र बाह्य लगानीलाई आकर्षण गर्ने गरे नयाँ कानुन ल्याउन लागिएको हो । यसका लागि ४० पृष्ठको प्रारम्भिक मस्यौदा समेत अर्थ मन्त्रालयले तयार गरिसकेको छ । लगानीकर्ता र सरकारबीचको विवाद समाधान गर्न द्रुतमार्ग बनाउने तथा मध्यस्थकर्ताको व्यवस्था नयाँ कानुनमा राख्न लागिएको छ ।
नयाँ कानुनले वैदेशिक लगानीको प्रवर्द्धन गर्नुका साथै सुस्ताउँदो आर्थिक वृद्धिदरलाई पनि टेवा दिने आशा गरिएको छ । यद्यपि मन्त्रालयले भने यसबारे केही बताएको छैन । स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा हालको व्यवस्थाले विवाद समाधान हुन वर्षौँ लाग्ने गरेको उल्लेख छ । यसअघि लगानीकर्ताहरुले विवाद भएमा इन्टरनेशनल आर्बिट्रेसन कोर्टमा जानसक्ने व्यवस्था थियो । यससम्बन्धी द्विपक्षीय लगानी सम्झौता भारतले धेरै देशसँग गरेको छ । तर सोही सन्धिका कारण भारतले मुद्दा हारेपछि ती सन्धिको पालना गर्न छोडेको छ । यसको असर लगानीकर्तालाई परेको छ । उक्त सन्धिअनुसार लगानी सुरक्षा प्रत्याभूति गरिएको हुन्छ ।
भोडाफोन, डुच टेलिकम, निसान मोटलगायतका कम्पनीले यसअघि अन्तर्राष्ट्रिय मध्यस्थकर्तासामु भारतसँगको विवाद लगेका थिए । धेरैजस्तो यस्ता मुद्दामा भारत हारेको थियो । नयाँ कानुन आए भारतलाई अन्य देशसँग कुनै सन्धि सम्झौता गर्न आवश्यक नहुने पनि बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया