Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहिलाका लागि राहत कोषबाट २५ प्रतिशत रकम दिन बैंकहरुलाई निर्देशन

महिलाका लागि राहत कोषबाट २५ प्रतिशत रकम दिन बैंकहरुलाई निर्देशन


ढाका  ।
बंगलादेश बैंकले बैंकहरुलाई महिलाका लागि ३० अर्ब टाकाको राहत कोषबाट २५ प्रतिशत रकम वितरण गर्न निर्देशन दिएको छ । यो रकम किसान, वञ्चितीकरणमा परेका महिला, व्यवसायी र ठूला उद्यमीलाई वितरण गर्न आग्रह गरिएको बंगलादेशी मिडियाले जनाएका छन् ।

उक्त कोष गत वर्ष अप्रिलमा कोरोना महामारीले अप्ठ्यारोमा परेका उद्यमीलाई लक्षित गरी खडा गरिएको थियो । उक्त कोषको ठूलो हिस्सा भने महिला उद्यमीका व्यवसायमै खर्चिएको बताइएको छ । जारी सूचनाअनुसार बैंकहरुले उक्त निर्देशन तुरुन्तै कार्यान्वयन गर्नुपर्नेछ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया