Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्रविधिसम्बन्धी विधेयकमा चीनविरुद्ध एकजुट अमेरिकी सांसद

प्रविधिसम्बन्धी विधेयकमा चीनविरुद्ध एकजुट अमेरिकी सांसद


वासिङटन ।
अमेरिकी माथिल्लो सदन सिनेटले प्रविधि अनुसन्धान र उत्पादनसम्बन्धी विधेयक स्वीकृत गरेको छ । प्रस्तावित कानुनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विशेषगरी चीनले प्रविधि क्षेत्रमा प्रगति गरिरहेका बेला अमेरिकी सांसद आफ्नो प्रविधि क्षेत्रको विकास र विस्तारका लागि एकजुट भएका हुन् ।

बेइजिङका एक अधिकारीले भने चीनले गरेको प्रगतिलाई खतरा मानेकामा आपत्ति जनाएको बीबीसीले जनाएको छ । अब यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि त्यो कानुन बन्नेछ । यस्तो हुनुअघि डेमोक्र्याट र रिपब्लिकन सांसदबीच सहमति जुटेको हो । सिनेटको माथिल्लो चेम्बरमा भएको मतदानमा सयमध्ये ६८ सांसदले यसको समर्थन गरेका हुन् । ३२ जनाले भने विपक्षमा मतदान गरे ।

विज्ञहरुले भने दुई दलबीचको भिन्नता अहिले पनि स्पष्ट देखिएको बताएका छन् । तर बेइजिङको आर्थिक र सैन्य महत्वकांक्षामा यसरी सहमति जुट्नुलाई निकै सकारात्मक मानिएको छ । योसँगै अमेरिकाले दुई खर्ब ५० अर्ब अमेरिकी डलर प्रविधि अनुसन्धान, सेमिकन्डक्टर विकास र उत्पादनमा खर्च गर्ने लक्ष्य छ । यसले कानुनी स्वरुप प्राप्त गरे रोबोट उत्पादक र चिप उत्पादकले विश्वव्यापी रुपमा चिपको अभाव खट्किरहेका बेला सरकारबाट सहयोग पाउनेछन् ।

उक्त विधेयकमा सामाजिक सञ्जाल टिकटक चीनको सरकारी डिभाइसमा डाउनलोड हुनबाट रोक्नेसम्मका प्रावधानहरु समावेश छन् । त्यस्तै चिनियाँ राज्यसँग जोडिएका ड्रोन उत्पादकहरुलाई समेत प्रतिबन्धित गर्नेछ । यसबाहेक चिनियाँ संघ÷संस्थाले अमेरिकी कम्पनी ह्याकिङमा संलग्न भएको प्रमाणित भएमा ती संस्थाहरु समेत प्रतिबन्धित हुनसक्नेछन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया