Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाका नामुद धनाढ्यले नै तिर्दैनन् आयकर

अमेरिकाका नामुद धनाढ्यले नै तिर्दैनन् आयकर


वासिड.टन ।
अमेरिकाका नामुद धनाढ्यहरुले नै आयकर नतिर्ने गरेको खुलासा भएको छ । विश्वकै धनाढ्य कहलिएका जेफ बेजोस, एलन मस्क, वारेन बफेटजस्ता व्यक्तित्वले नै आयकर खासै नतिरेको खुलेको हो । उनीहरुले तिरे पनि साह्रै नगन्य आयकर तिरेका छन् ।

प्रोपब्लिका नामक वेबसाइटमा यससम्बन्धी खुलासा भएको बताइएको छ । यसअनुसार उक्त धनाढ्यले कर फिर्ताको सुविधा समेत उपयोग गरेका छन् । वेबसाइटका अनुसार अमेजनका बेजोसले सन् २००७ र सन् २०११ मा कर नै तिरेनन् ।

त्यस्तै सन् २०१८ मा मस्कले पनि कर नै नतिरेको पाइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले भने यससम्बन्धी विवरण चुहिनुलाई अवैधानिक भनेको छ । कर नतिरेको सूचना चुहावट भएसँगै संघीय अनुसन्धान ब्युरो –एफबीआई) र कर अधिकारीले यसबारे अनुसन्धान थालेका छन् ।

प्रोपब्लिकाले भने अरु कर नतिर्ने अर्बपतिबारे पनि थप खुलासा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । आगामी हप्तामा यी विवरण सार्वजनिक गर्ने उसले जनाएको छ । धनाढ्यमाथि बढीमात्रामा कर लगाउने नीति ल्याएको बाइडेन प्रशासनलाई यसले चुनौती दिएको छ ।

कुल आयमध्ये धनाढ्य २५ अमेरिकीले औसतमा १५.८ प्रतिशत मात्रै कर तिरेको प्रोपब्लिकाको दाबी छ । प्रोपब्लिकाकी वरिष्ठ रिपोर्टर तथा सम्पादक जेसे आईसिंगरका अनुसार धनाढ्यलाई करछुट दिइएको पाइएको छ । यसले धनाढ्यहरुले राज्यका प्रणालीलाई वैधानिक बाटोबाटै कसरी छल्छन् भन्ने खुलासा भएको उक्त वेबसाइटले उल्लेख गरेको छ ।

कर घटाउन उनीहरुले वैधानिक प्रणालीका प्वालहरु प्रयोग गर्न सक्षम भएको खुलेको छ । कम्पनीमा रहेको उनीहरुको सेयर स्वामित्व बढ्दा त्यसबापतको आय रेकर्ड नहुने गरेको पनि बताइएको छ । यसबाहेक यी धनाढ्यले अत्यधिक करछुट समेत पाउने गरेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया