Techie
अन्तर्राष्ट्रिय

२६ अर्ब डलरका हतियारजन्य सामग्री कारोबार गर्ने भारतको लक्ष्य

नयाँ दिल्ली, माघ ३
रक्षामन्त्री राजनाथ सिंहले भारतले रक्षा उत्पादन क्षेत्रमा २६ अर्ब अमेरिकी डलरको कारोबार गर्ने लक्ष्य राखेको बताएका छन् । स्वदेशमै हतियारजन्य सामग्रीलाई बढावा दिन उक्त लक्ष्य राखिएको रक्षामन्त्री सिंहले बिहीबार बताएका हुन् । नवभारत टाइम्सका अनुसार उनले भारत हतियारको आयातमा निर्भर रहन नसक्ने बताउँदै सन् २०२५ सम्ममा २६ अर्ब डलरको कारोबार लक्ष्य राखेको उल्लेख गरे । यसका लागि १० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको उनको भनाइ छ । यसबाट २० देखि ३० लाख रोजगारी सृजना हुनेछ । हतियार सामग्रीमा निजी क्षेत्रले प्रवेश नपाउँदा आयातमा भर पर्नुपरेको उनको भनाइ छ ।

तपाइको प्रतिकृया

यो पनि पढनुहोस