जेफ बेजोजले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने
नयाँ दिल्ली, माघ ३
चर्चित अनलाइन खुद्रा बिक्रेता अमेजनका प्रमुख जेफ बेजोजले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । भारत उदाउँदो बजार भएको भन्दै बेजोजले भारत भ्रमणका क्रममा उक्त लगानी गर्ने घोषणा गरेका हुन् । बेजोसका अनुसार कम्पनीले उक्त लगानी रकम साना र मध्यम व्यवसायलाई डिजिटल प्रविधिमा रुपान्तरणमा खर्च गरिनेछ । नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले २१औँ शताब्दी भारतीय शताब्दी हुने पनि दाबी गरे । उनी तीन दिनका लागि भारत आएका हुन् ।
आफ्नो व्यवसाय धरापमा पारेको भन्दै उनीविरुद्ध साना व्यवसायीले ३ सय भारतीय सहरमा प्रदर्शन गर्ने योजना बनाएका थिए । अत्यधिक छुट दिएर व्यवसाय गरेको भन्दै भारतमा अमेजन, फ्लिपकार्टजस्ता खुद्रा अन्तर्राष्ट्रिय कम्पनीविरुद्ध विरोध हुँदै आएको छ । बेजोजले बुधबार उक्त कार्यक्रममा सन् २०२५ सम्ममा १० अर्ब डलरबराबरको भारतमा बनेका सामग्री निर्यात गर्ने अपेक्षा समेत गरेको बीबीसीले जनाएको छ । यसअघि नै अमेजनले भारतमा साढे ५ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । भारतमा अहिले बेजोजको अमेजन र वालमार्टको फ्लिपकार्टले अनलाइन बजारमा आधिपत्य जमाउँदै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया