Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी’

‘बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी’


बहराइन ।
रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ ।

खोप लगाएकाहरु कसैको पनि अहिलेसम्म मृत्युको खबर नआएको र खोप लगाएकाहरू गम्भीर बिरामी पनि नभएको उनीहरूको दाबी छ । बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन् ।

स्पुतनिक–भीको कारण बहराइनको जनजीवन चाँडै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ । ‘हाम्रो अध्ययनले कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक–भी निकै प्रभावकारी र उपयोगी रहेको देखिएको छ’, बहराइनका स्वास्थ्यमन्त्री फेक्वा साइद अल सालेहले भने ।

अधिराज्यभरका सबै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको पनि उनले बताए । कोरोनाभाइरसविरुद्ध स्पुतनिक भी खोप प्रयोग गर्ने देशहरुमध्ये बहराइन ६७औँ देश भएको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया