Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम संक्रमित

भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम संक्रमित


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सबैभन्दा कम संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार तीन सय ३२ जना नयाँ संक्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरुको संख्या घट्दै गएकाले अवस्था सकारात्मक हुँदै गएको भन्दै खुसी व्यक्त गरेको छ ।

नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९३ लाख ५९ हजार एक सय ५५ पुगेको पनि मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि संक्रमित अवस्थमै रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ४० हजार नौ सय ८१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भई मृत्यु भएकाहरुको कुल संख्या तीन लाख ६७ हजार ८१ पुगेको छ ।

भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या दुई करोड ७९ लाख ११ हजार तीन सय ८४ पुगेको अधिकारीहरुले जनाएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९५.०७ प्रतिशत संक्रमणमुक्त भएको देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया