Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा आन्तरिक यात्रा प्रतिबन्ध लम्बियो

श्रीलंकामा आन्तरिक यात्रा प्रतिबन्ध लम्बियो


कोलम्बो ।
श्रीलंकामा देशभरि लागू गरिएको यात्रा प्रतिबन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरि आन्तरिक यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन् । यसअघि लागू हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन् । कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा नआइसकेकाले यात्रामा प्रतिबन्ध लगाउनुपर्ने भएको अधिकारीहरुले जनाएका छन् ।

सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिबन्धको अवधि लम्ब्याउने निष्कर्षमा पुगेको श्रीलंकाका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिबन्ध लम्ब्याउने कुरामा स्वीकृति दिएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका प्रधान सेनापति सिल्भाले बताए ।

यसअघि लागू गरिएको यात्रा प्रतिबन्धसम्बन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागू हुने गरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो । श्रीलंकामा कोरोनाभाइरसको महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया