Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित


इस्लामाबाद ।
पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ ।

गत तीन वर्षदेखि कर्मचारीहरुको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ । आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ । प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । दश प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।

‘सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरोस्, हैन भने हामी जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुनेछौँ’, एक कर्मचारी नेताले भने । कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पीपीपी)का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले ऐक्वबद्धता जनाए । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत उनी शुक्रबार बेलुका सहभागी थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया