Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने विषय भ्रामक हो’

‘इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने विषय भ्रामक हो’


तेहरान ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले वाशिङ्टन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भने, ‘यो केवल भ्रामक सूचना हो । मलाई यो कुरा जानकारी छैन । यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई सायद यसबारे बढी थाहा होला । यो अर्थहीन प्रचार मात्र हो ।’

वासिङ्टन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भने, ‘हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा न्यून अवस्थामा पुगेको छ ।’

रूसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तर्वार्तामा पुटिनले आफू अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
रूसी राष्ट्रपतिले रूस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला वर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्विट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा युरोप पुगेका छन् । पछिल्ला वर्षहरुमा वासिङटन र मस्कोबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र संयुक्त राज्य अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुवै पक्षबीच परस्पर भिन्न मत रहेका छन् ।

बेलायतको शाही वायुसेना मिल्डेनहल बेसमा अमेरिकी सेना र तिनका परिवारलाई बुधवार बाइडेनले भने, ‘म स्पष्ट छु । रूसी सरकारले हानिकारक गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्नेछ । तर संयुक्त राज्य अमेरिका रूससँग स्थिर र अनुमानित सम्बन्ध चाहन्छ ।’ यसले उनले रूससँगको समस्या तथा सम्बन्धलाई कूटनीतिक रूपमा सम्बोधन गर्दै अघि बढ्ने वाइडेनको सोचलाई झल्काउँछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया