Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकम्पनीहरुलाई न्यूनतम कर निर्धारण गर्न जी–७ राष्ट्रका नेता सहमत

कम्पनीहरुलाई न्यूनतम कर निर्धारण गर्न जी–७ राष्ट्रका नेता सहमत


लन्डन ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र जी–७ राष्ट्रका नेताहरुले विश्वव्यापी रुपमा न्यूनतम व्यवसाय कर निर्धारण गर्न सहमत भएका छन् । शुक्रबार बहुराष्ट्रिय कम्पनीको नाफा थुपार्ने प्रवृत्तिमा लगाम लगाउन नेताहरुबीच सहमति जुटेको हो ।

कम्पनीहरुले नाफा, राजस्व मिलान गरी करयोग्य रकम घटाउने गरेका छन् । यसका लागि उनीहरुले जहाँबाट बिक्री गरे पनि कम्पनी भने थोरै कर तिरे पुग्ने बर्मुडा, केम्यान आइल्यान्ड, आयरल्यान्डजस्ता देशमा दर्ता भएका हुन्छन् । यसो गर्नेमा अमेरिकी र विदेशी बहुराष्ट्रिय कम्पनी छन् । यसबाट वर्षेनी दशौँ अर्ब डलर जोगिने गरेको दाबी गरिएको छ ।

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्याक्स हेभनलाई हटाउन र न्यूनतम व्यवसाय कर निर्धारण गर्न जोड दिँदै आएका छन् । ग्लोबल ट्याक्स निर्धारण भए अन्य देशमा आर्जित नाफामा कम्पनीहरुले कर तिर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया