Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगल, अमेजन, फेसबुक, इबेलगायतका साढे दुई करोड व्यक्तिगत सूचना चोरिएको खुलासा

गुगल, अमेजन, फेसबुक, इबेलगायतका साढे दुई करोड व्यक्तिगत सूचना चोरिएको खुलासा


अमेरिका ।
प्रयोगकर्ताका व्यक्तिगत विवरण गुगल, अमेजन, फेसबुक र इबेजस्ता इन्टरनेट कम्पनीबाट चोरी भएको खुलासा भएको छ । फक्स बिजनेसका अनुसार दुई वर्षको अवधिमा मालवेयरले ३२ लाख विन्डोजमा आधारित कम्प्युटरबाट दुई करोड ६० लाख हाराहारीमा लगइन विवरण चुहावट भएको खुलेको हो ।

साइबर सुरक्षासम्बन्धी नर्डलकरको प्रतिवेदनअनुसार ट्रोजन टाइप मालवेयरले सन् २०१८ देखि २०२० सम्म ती कम्प्युटरबाट १.२ टेराबाइट व्यक्तिगत विवरण चोरेको पाइएको छ । चुहावट भएका सूचनामा प्रयोगकर्ताका इमेल, युजरनेम र पासवर्डलगायत छन् । ती सबै दश लाख वेबसाइटबाट प्राप्त भएका छन् । नर्डलकरले डेटा चुहावटबारे अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

लक्षित गरिएका वेबसाइटमा अमेजन, वालमार्ट, इबे, फेसबुक, ट्विटर, एप्पल, ड्रपबक्स र लिंक्डइन लगायत छन् । उक्त मालवेयर इमेल र अवैध सफ्टवेयरबाट सारिएको थियो । त्यसमध्ये एडोब फोटोशप २०१८को पाइरेट भर्सन पनि एक भएको बताइएको छ । यो एउटा विन्डोजको क्र्याकिङ टुल हो । यसरी व्यक्तिगत सूचना चोर्न मालवेयरले व्यक्तिको सूचनाको स्क्रिनशट लिन सफल भएको थियो । त्यसबाहेक वेब क्यामरा भएका कम्प्युटरबाट प्रयोगकर्ताको फोटो समेत लिन सफल भएको बताइएको छ ।

चोरिएका डेटाबेसमध्ये दुई अर्ब ब्राउजर कुकिज र ६६ लाख फाइल समावेश रहेको बताइएको छ । त्यसमध्ये १० लाख फोटो र अरु छ लाख ५० हजार वर्ड तथा पीडीएफ फाइलहरु समावेश छन् । कुकिजले ह्याकरलाई उनीहरुको लक्ष्य गरिएका वर्गको बानी र चाहनाको वास्तविक तस्बिर बनाउन सहयोग गर्ने उक्त रिपोर्टमा भनिएको छ । केही केही केसमा त कुकिजले व्यक्तिको अनलाइन एकाउन्टसम्मै पहुँचमा सहयोग पु-याउँछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया