Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेजोससँग अन्तरिक्ष यात्रा गर्न अज्ञात व्यक्तिले गरे दुई करोड ८० लाख डलर खर्च

बेजोससँग अन्तरिक्ष यात्रा गर्न अज्ञात व्यक्तिले गरे दुई करोड ८० लाख डलर खर्च


अमेरिका ।
एक रहस्यमय व्यक्तिले अमेजनका मालिक जेफ बेजोससँगै अन्तरिक्ष यात्रा गर्न दुई करोड ८० लाख अमेरिकी डलर खर्च गर्ने भएका छन् । बीबीसीका अनुसार बेजोसकै कम्पनी ब्लु ओरिजिनले बनाएको रकेटमा यात्रा गर्न ती व्यक्तिले महंगो रकम तिर्न लागेका हुन् ।

शनिबार त्यसको लागि भएको बोलकबोलमा विजेता बनेका ती व्यक्तिबारे कम्पनीले आगामी केही हप्तामा मात्रै परिचय खुलाउने जनाइएको छ । उक्त बोलकबोलमा एक सय ४० देशका व्यक्तिले रुचि देखाएका बताइएको छ । अन्तरिक्ष यात्रामा ती व्यक्तिसँगै बेजोस र उनका भाइ मार्क तथा अर्का एक जना अन्तरिक्ष पर्यटक समेत सहभागी हुनेछन् । अन्तरिक्ष यात्रा जुलाई २० तारिखमा हुने बताइएको छ ।

बोलकबोल प्रक्रिया महिना दिनसम्म चलेको थियो । त्यस क्रममा ५० लाख डलरभन्दा कमसम्म बोली लाागे पनि शनिबार अनलाइन बोलपत्रमा भने त्यो रकम पाँच गुणा धेरैले वृद्धि भएको थियो । उच्च बोलीका लागि भएको खर्च रकम भने कम्पनीले आफ्नै फाउन्डेसन क्लब फर फ्युचरलाई प्रदान गर्नेछ ।

फोब्र्स म्यागजिनका अनुसार बेजोस संसारकै धनी अर्बपति हुन् । उनीसँग एक खर्ब ८६ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । यसअघि नै बेजोसले ट्विटरमार्फत आफू र भाइले सँगै अन्तरिक्ष यात्रा गर्नलागेको खुलासा गरेका थिए । उनीहरु ब्लु ओरिजिनको न्यु शेपार्ड रकेटमा यात्रा गर्नेछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया