Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ७४ दिनयताकै कम कोरोना संक्रमित थप

भारतमा ७४ दिनयताकै कम कोरोना संक्रमित थप


नयाँ दिल्ली ।
भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।

गत २४ घण्टामा यहाँ कोरोना संक्रमणको कारण तीन हजार नौ सय २१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कुल व्यक्तिको संख्या तीन लाख ७४ हजार तीन सय पाँच भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कुल संख्या दुई करोड ९५ लाख १० हजार चार सय १० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

गत २४ घण्टामा एक लाख १९ हजार पाँच सय एक जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग दुई करोड ८१ लाख ६२ हजार नौ सय ४७ जना कोरोनामुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस संक्रमणमुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ । हाल यहाँ नौ लाख ७३ हजार एक सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना सुरु भएयता हालसम्म यहाँँ ३७ करोड ९६ लाख २४ हजार छ सय २६ जनाको कोरोना परीक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया