Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफाइभजीका लागि भोडाफोनले सामसङलाई छान्यो

फाइभजीका लागि भोडाफोनले सामसङलाई छान्यो


लन्डन ।
भोडाफोनले आफ्नो फाइभजी पूर्वाधार आपूर्तिकर्ताको रुपमा चर्चित कम्पनी सामसङलाई छनोट गरेको छ । यसलाई सामसङले पाएको ठूलो अवसरका रुपमा लिइएको बताइएको छ । बेलायतले हुवावेका सामग्रीमाथि प्रतिबन्ध लगाउने अमेरिकालगायतका देशसँग हातेमालो गरेपछि नोकिया र एरिक्सनले प्रभुत्व जमाउने अपेक्षा गरिरहेका बेला सामसङको प्रवेश भएको हो ।

भोडाफोनले आफ्ना आपूर्तिकर्ता फराकिलो पार्ने उद्देश्य राखेको छ । सामसङ किटहरु दक्षिण पश्चिम इंग्ल्यान्ड र वेल्सका २५ सयभन्दा बढी ग्रामीण इलाकामा इन्स्टल गरिने बताइएको छ । सामसङले युरोपमा ओपन -यान अर्थात् ओपन रेडियो एक्सेस नेटवर्क बनाइरहेको छ । यस्तो नेटवर्क अन्य कम्पनीहरुले पनि बनाइरहेका छन् । यसको इक्विपमेन्टले फोन र टेलिफोनको मुख्य लिंक दिन्छ भने यसमा मोबाइल फोनको टावरमाथि एन्टेनालगायत वस्तु पनि कभर गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया