Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएलन मस्क भन्छन् : माइनरले स्वच्छ ऊर्जाको प्रयोग बढाए टेस्लाले फेरि बिटक्वाइन स्वीकार्छ

एलन मस्क भन्छन् : माइनरले स्वच्छ ऊर्जाको प्रयोग बढाए टेस्लाले फेरि बिटक्वाइन स्वीकार्छ


अमेरिका ।
टेस्ला इन्कका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्नो कम्पनीले फेरि बिटक्वाइन स्वीकार्न सक्ने बताएका छन् । यदि यसका माइनरहरुले स्वच्छ ऊर्जा प्रयोग बढाए टेस्लाले बिटक्वाइनबाटै कारोबार गर्ने मस्कको भनाइ छ ।

आइतबार ट्विट गर्दै उनले धेरैभन्दा नवीकरणीय ऊर्जाको प्रयोग गर्नुपर्ने उनको शर्त छ । ‘क्लिन इनर्जी प्रयोग गरेको निश्चित भए टेस्ला फेरि बिटक्वाइनबाटै कार खरिदबिक्रीमा फर्किन्छ’, उनले भनेका छन् । मस्कको ट्विटपछि बिटक्वाइनको मूल्य ५.१ प्रतिशतले बढेर आइतबार प्रतिक्वाइन ३७ हजार तीन सय ६० अमेरिकी डलर पुगेको थियो ।

यसअघि पनि टेस्लाले बिटक्वाइनबाटै आफ्ना कार खरिद गर्न सक्ने बताएको थियो । सोसँगै भर्चुअल मुद्रा एकाएक आकाशिएको थियो । यसबाहेक टेस्लाले डेढ अर्ब अमेरिकी डलरको बिटक्वाइन समेत खरिद गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया