Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसात धनी देशको सम्मेलन : खोप, चीन र कम्पनीलाई करबारे जुट्यो सहमति

सात धनी देशको सम्मेलन : खोप, चीन र कम्पनीलाई करबारे जुट्यो सहमति


लन्डन ।
विश्वका सात ठूला अर्थतन्त्र भएका धनी देशको समूह जी–७ का राष्ट्रपति तथा प्रधानमन्त्रीबीच तीनवटा महत्वपूर्ण विषयमा सहमति जुटेको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाको तीन दिने सम्मेलनका दौडान बेलायतमा खोप, चीन र विश्वका कम्पनीलाई कर लगाउने विषयमा सहमति जुटेको हो ।

सम्मेलनले गरिब राष्ट्रलाई एक अर्ब डोज कोरोना संक्रमणविरुद्धको खोप सहयोग गर्ने, विकासशील देशलाई जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग गर्ने र बहुराष्ट्रिय कम्पनीलाई न्यूनतम कर लगाउनेबारे सहमति जुटेको बताइएको छ ।

दुई वर्षयता पहिलोपटक भएको प्रत्यक्ष भेटवार्तामा विश्व स्वास्थ्य प्रणाली, हरित ऊर्जा, पूर्वाधार र शिक्षालगायतका क्षेत्रमा आपसी सहकार्य गर्ने सहमति पनि भएको छ । त्यस्तै, चीनको बढ्दो विश्व प्रभाव रोक्न पनि उनीहरु सहमत भएका छन् । त्यसका लागि चीनको खर्बौँ रकमको बीआरआई परियोजनालाई काउन्टर गर्न जी–७ राष्ट्रहरुले बी३डब्ल्यू योजना ल्याउने भएका हुन् ।

विश्वमा विकासे परियोजना देखाएर चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको भन्दै जी–७ राष्ट्रले बिल्ड ब्याक बेटर वर्ल्ड (बी३डब्ल्यू) इनिसिएटिभ ल्याउने योजना अघि सारेको बताइएको छ । यो परियोजना पूरा गर्न चार सय खर्ब अमेरिकी डलर आवश्यक पर्नेछ । सन् २०३५ सम्ममा यो परियोजना पूरा हुने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया