Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपको औद्योगिक उत्पादन सोचेभन्दा बलियो

युरोपको औद्योगिक उत्पादन सोचेभन्दा बलियो


ब्रसेल्स ।
युरो जोनको औद्योगिक उत्पादन अप्रिलमा सोचेभन्दा बलियो देखिएको छ । कोरोना महामारी रोक्न लगाइएको लकडाउनपछि अर्थतन्त्र खुल्न थालेसँगै उपभोग्य वस्तुको माग बढ्दा औद्योगिक क्षेत्रको उत्पादन बलियो देखिएको सोमबार सार्वजनिक तथ्यांकले देखाएको छ ।

युरोपेली संघको तथ्यांक कार्यालय युरोस्ट्याटले १९ देश सम्मिलित संघको औद्योगिक उत्पादन शून्य दशमलव आठ प्रतिशतले वृद्धि भएको देखाएको छ । यो महिनागत तुलना हो । वर्षगत तुलनामा भने यो ३९.३ प्रतिशतले वृद्धि हो ।

मार्च महिनाकोा तुलनामा उपभोग्य वस्तुको उत्पादन अप्रिलमा राम्रै बढेको थियो । उक्त अवधिमा १.२ प्रतिशतबाट ३.४ प्रतिशतले बढेको बताइएको छ । फेब्रुअरी र मार्च महिनामा भने शून्यप्रायः थियो । वर्षगत तुलनामा मार्चमा ३४.५ प्रतिशतले बढेको उत्पादन त्यसपछि ११७.३ प्रतिशतले बढेको थियो । त्यस्तै क्यापिटल गुड्स पनि ६५.४ प्रतिशत पुगेको थियो । यो ३८.७ प्रतिशतबाट बढेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया