Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमागमा सुधार र कसिलो आपूर्तिले कच्चा तेलको मूल्य बढ्यो

मागमा सुधार र कसिलो आपूर्तिले कच्चा तेलको मूल्य बढ्यो


लन्डन ।
पछिल्लो समय मागमा भएको सुधार र कसिलो आपूर्ति प्रणालीले कच्चा तेलको मूल्य बढेको छ । कच्चा तेल सोमबार दुई वर्षयताकै उच्च मूल्यमा पुगेको रोयटर्सले जनाएको छ । विकसित देशमा कोरोना महामारीविरुद्धको खोप कार्यक्रम बढ्दै गएको र अर्थतन्त्रमा भएको पुनरुत्थानले इन्धनको मूल्यमा योगदान पुगेको हाशे । सन् २०१९ अप्रिलयताकै उच्च हुने क्रममा कच्चा तेल ब्रेन्ट ८५ सेन्ट अर्थात् १.२ प्रतिशतले बढेर ७३.५४ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो ।

त्यस्तै अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट पनि ७२ सेन्ट अर्थात् एक प्रतिशतले बढेर ७१.६३ अमेरिकी डलर प्रतिब्यारेल पुगेको थियो । यो पनि सन् २०१८ अक्टोबरयताकै उच्च मूल्य हो । यी दुवै तेलको मूल्य दुई वर्षयताकै उच्च भएको रोयटर्सले जनाएको छ । आयल ब्रोकर पीभीएमका स्टेफन ब्रेनकका अनुसार कच्चा तेल उत्पादक राष्ट्र र रुससहितका देशले आपूर्ति कटौती गरेकाले माग बढ्ने बताए ।

कोरोना संक्रमण रोक्न गरिएका लकडाउन र यात्रा प्रतिबन्धजस्ता कडाइ हटाइनथालेसँगै उत्तर अमेरिका र युरोपका धेरैजसो सहरका सडकमा सवारीसाधनको अवस्था महामारीअघिकै जस्तो देखिनथालेका छन् । त्यस्तै हवाइ कम्पनीहरुले पनि सेवा बढाएका छन् । त्यस्तै भर्खरै सम्पन्न जी–७ राष्ट्रको सम्मेलनले मुख्य मुद्दाहरु कोरोनाबाट सामान्यीकरण गर्ने र गरिब राष्ट्रलाई एक अर्ब डोज खोप प्रदान गर्नेलगायतका निर्णयले पनि तेलको मूल्यमा प्रभाव पारेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)ले गत शुक्रबार सन् २०२२ को अन्त्यतिरमात्रै इन्धनको माग विश्वव्यापी रुपमा महामारीअघिको अवस्थामा फर्किने बताएको थियो । संस्थाले ओपेक र यसका सहयोगी राष्ट्रहरुको समूह ओपेक प्लसलाई बढ्दो इन्धन माग भेट्ने गरी तेल उत्पादन गर्न आग्रह गरेको छ । तर ओपेक प्लसले भने उत्पादनमा कडाइ गरेर मूल्यमा सहयोग गर्न खोजिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया