Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलगेज बक्समा लुकेर निजी विमानबाट भागेका थिए निसानका पूर्वमालिक

लगेज बक्समा लुकेर निजी विमानबाट भागेका थिए निसानका पूर्वमालिक


टोक्यो ।
चर्चित जापानी सवारीसाधन कम्पनी निसानका पूर्वमालिकलाई जापानबाट भगाउन आफूहरुले भूमिका खेलेको अमेरिकी बाबुछोराले स्वीकारेका छन् । सन् २०१९ मा जापानबाट निसानका पूर्वमालिक कार्लोस गोसन नाटकीय रुपमा देश छोड्न सफल भएका थिए । बीबीसीका अनुसार पूर्वसुरक्षा अधिकारी रहेका ६० वर्षीय माइकेल टेलर र उनका २८ वर्षीय छोराले गोसनलाई लगेज बक्समा हालेर निजी विमानमार्फत जापान छोडाएको स्वीकारेका हुन् ।

दुवै बाबुछोरालाई यही मुद्दामा अमेरिकाबाट जापान प्रत्यर्पित गरिएको थियो । टोक्योस्थित एक अदालतमा आफूहरुविरुद्धको सरकारी आरोपको उनीहरुले खण्डन नगरेको बताइएको छ । उनीहरुले तीन वर्षसम्म जेलसजाय भोग्नुपर्ने हुनसक्छ ।

टोक्योका सरकारी अधिकारीले अदालतमा दायर गरेको मुद्दा केही गलत छ कि भनेर सोध्दा बाबुछोराले ‘नो’ भन्ने जवाफ दिएको रोयटर्सले जनाएको छ । गोसन जापानबाट एकाएक लेबनान पुगेका थिए । यो मुद्दामा सरकारी अभियोजनकर्ताले दुवैविरुद्ध गोसनलाई भगाउन भूमिका खेलेको आरोप लगाएका छन् । गोसन पश्चिम जापानको कान्साई एयरपोर्टबाट सन् २०१९ को डिसेम्बरमा भागेका थिए । सरकारी अधिकारीले यी दुई जनाले गोसनलाई भगाउन १३ लाख अमेरिकी डलर लिएको आरोप लगाएका छन् ।

लेबनान र जापानबीच सुपुर्दगी सन्धि भएको छैन । गोसनविरुद्ध जापानी अदालतमा मुद्दा चलिरहेको थियो । सोही क्रममा उनी भागेका थिए । गोसनलाई भगाउन सहयोग गरेको भन्दै टर्कीको एउटा अदालतले टर्किश जेट कम्पनी एमएनजीका कार्यकारीसहित दुई पाइलटलाई दण्डित गरेको थियो । गोसन सन् २०१८ मा वित्तीय अपचलनमा पहिलोपटक पक्राउ परेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया