Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको खुद्रा बिक्री १२.४ प्रतिशतले बढ्यो

चीनको खुद्रा बिक्री १२.४ प्रतिशतले बढ्यो


बेइजिङ ।
चीनको उपभोग्य वस्तुको खुद्रा बिक्री मे महिनामा बढेको छ । वर्षगत तुलनामा १२.४ प्रतिशतले खुद्रा बिक्रीदर बढेको नेशनल ब्युरो अफ स्टाटिष्टिक्स (एनबीएस)ले बुधबार जनाएको छ ।

एनबीएसले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ को सोही महिनाको तुलनामा बढेर ९.३ प्रतिशत पुगेको छ । दुई वर्षको औसत वृद्धिदर भने ४.५ प्रतिशत रहेकोा बताइएको छ । जनवरी–मे महिनाको अवधिमा खुद्रा बिक्रीदर २५.७ प्रतिशतले वार्षिक वृद्धि भएको छ । उक्त अवधिमा दुई वर्षको औसत वृद्धिदर ४.३ प्रतिशत रहेको एनबीएसले जनाएको छ । गत वर्षको पाँच महिनामा भने वृद्धिदर घटेको थियो ।

कोरोना महामारीले उपभोक्ता खर्चमा असर पार्दा खुद्रा बिक्रीदर घटेको थियो । अप्रिलको तुलनामा मे महिनामा कस्मेटिक र सांस्कृतिक तथा कार्यालयमा आपूर्तिसहित १० शीर्षकमा वृद्धि देखिएको बताइएको छ । मे महिनामा मात्रै सहरी क्षेत्रमा ३१ खर्ब ३० अर्ब युआनबराबरको बिक्री भएको बताइएको छ । यो गत वर्षको तुलनामा १२.३ प्रतिशतले बढी हो । त्यस्तै ग्रामीण क्षेत्रमा १३.२ प्रतिशतले बढेर चार खर्ब ६३ अर्ब २० करोड युआनबराबरको बिक्री भएको बताइएको छ ।

जनवरीदेखि मे महिनासम्म क्याटरिङ उद्योगतर्फ राजस्वमा ५६.८ प्रतिशत वृद्धिदर देखिएको छ । कोरोनाले सबैभन्दा प्रभावित क्षेत्र नै यही थियो । त्यस्तै अनलाइनबाट हुने खुद्रा बिक्री समेत २४.७ प्रतिशतले बढेर ४८ खर्ब २० अर्ब युआन पुगेको छ । वस्तुको अनलाइन बिक्री वर्षगत तुलनामा १९.९ प्रतिशतले बढेको बताइएको छ । कुल खुद्रा बिक्रीको २२.६ प्रतिशत अनलाइन बिक्रीको हिस्सा छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया