Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायत र अस्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौता

बेलायत र अस्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौता


क्यनवबेरा ।
बेलायत र अस्ट्रेलियाले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । वस्तु आयात शुल्क नलाग्ने र कतिपय आयातसम्बन्धी नियम उन्मूलन गर्ने सम्झौताको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ बिहानीको सुरुवात भन्दै मुक्तकण्ठले प्रशंसा गरेको रोयटर्सले जनाएको छ ।

बेलायत सरकारले युरोपेली संघबाट बेलायतको बहिर्गमनपछिका लागि उक्त सम्झौता निकै महत्वपूर्ण रहेको बताएको छ । यसबाट व्यापार र कूटनैतिक रणनीति बनाउन तथा युरोपबाट आर्थिक केन्द्रलाई अन्यत्र लैजान मद्दत पुग्ने बताइएको छ ।

बेलायतले युरोप छोडेर इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ अवसर खोज्न यो सम्झौता महत्वपूर्ण रहेको बतााएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जोनसन दुवै जी–७ राष्ट्रको बेलायतमा भएको सम्मेलनमा छलफलपछि सम्झौता सम्पन्न भएको हो । जहाँ मोरिसन पनि अतिथिका रुपमा सहभागी थिए ।

बेलायत अस्ट्रेलियाको आठौँ ठूलो व्यापार साझेदार हो भने अस्ट्रेलिया बेलायतको २०औँ ठूलो व्यापार साझेदार हो । दुवै देशबीच २० अर्ब ७० करोड अमेरिकी डलरको दुईतर्फी व्यापार हुने गरेको छ । सन् १९७३ मा बेलायतले युरोपेली संघमा आबद्ध हुनुअघि बेलायत अस्ट्रेलियाको बजारमा हालीमुहाली गथ्र्यो । अहिले भएको सम्झौताबारे विस्तृतमा खुलाइएको छैन । केही सरकारी अधिकारीले यो सम्झौताले बेलायती अर्थतन्त्रमा ५० करोड पाउन्ड स्टर्लिङ थप हुने दाबी गरेका छन् ।

बेलायतको अर्थतन्त्र २० खर्ब पाउन्डबराबरको छ । दशकयता बेलायतले पहिलोपटक व्यापार नीति बनाउन लागेको हो । यो सम्झौताले सबै बेलायती सामानको भन्सार शुल्क हटाउनेछ भने सेवाप्रदायक र प्रविधि कम्पनीलाई नयाँ अवसर समेत सिर्जना गर्ने बताइएको छ । यो सम्झौतालाई लिएर किसानहरु भने चिन्तित बनेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया