Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतले अमेजन र फ्लिपकार्टविरुद्धको अनुसन्धान अघि बढाउने

भारतले अमेजन र फ्लिपकार्टविरुद्धको अनुसन्धान अघि बढाउने


नयाँ दिल्ली ।
भारतले इकमर्स कम्पनी अमेजन र सुपरमार्केट वालमार्टको फ्लिपकार्टविरुद्धको एन्टिट्रस्ट प्रोब अर्थात् बजार प्रतिस्पर्धाबारेको अनुसन्धानलाई शीघ्रता दिने भएको छ ।

रोयटर्सका अनुसार दुई कम्पनीविरुद्ध सुरु भएको अनुसन्धानलाई तीव्रता दिन लागिएको हो । अमेरिकी प्रविधि तथा सामाजिक सञ्जाल कम्पनी ट्विटर तथा फेसबुकसँग तिक्तता आइरहेका बेला सरकारले दुई कम्पनीविरुद्ध बजार प्रतिस्पर्धा मिचेको आरोपमा अनुसन्धान गर्न लागिएको बताइएको छ ।

द कम्पिटिसन कमिसन अफ इन्डिया (सीसीआई)ले गत वर्ष जनवरीमा अनुसन्धान थालेको थियो । अमेजन र फ्लिपकार्टले सीमित बिक्रेतालाई मात्र आफ्नो प्लेटफर्ममा छानेको, धेरै छुट दिएको लगायतका कारण प्रतिस्पर्धा नियम उल्लंघन भएको लगायतका उजुरीपछि अनुसन्धान थालिएको थियो ।

तर कम्पनीहरुले भने त्यसको खण्डन गरिरहेका छन् । सरकारको अनुसन्धानविरुद्ध दुई कम्पनीले अदालतमा मुद्दा दायर गरेपछि अनुसन्धानमा ढिलाइ भए पनि गत हप्तामात्रै अदालतले सरकारलाई कम्पनीविरुद्धको अनुसन्धान अघि बढाउने बाटो खोलिदिएको थियो । सीसीआईसँग कुनै प्रमाण नै नभई अनुसन्धान गर्नलागेको कम्पनीहरुले अदालतमा दाबी गरे पनि त्यो खारेज भएको छ ।

यद्यपि अमेजनले भने विश्ववको करसम्बन्धी नियम छल्न सक्ने बताइएको छ । कम्पनीहरुले फेरि अदालतमा पुनरावेदन गर्नसक्नेछन् । सोही कारण सीसीआईले उक्त आरोपसम्बन्धी सूचना कम्पनीहरुबाट माग्ने योजना बनाएको छ । यो काम सक्दो चाँडो गर्ने उसको योजना छ । यसप्रकारका मुद्दाहरुको छिनोफानो हुन महिनौँ लाग्ने गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया