Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजापानले हटायो टोक्योको आपत्काल

जापानले हटायो टोक्योको आपत्काल


टोकियो ।
जापान सरकारले राजधानी टोकियोसहित नौवटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो ।

गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।
सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड–१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ । (रासस–सिन्ह्वा) 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया