Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकृषि क्षेत्रले देशको माग धान्न नसकेकोमा उत्तर कोरियाली नेता किमको चिन्ता

कृषि क्षेत्रले देशको माग धान्न नसकेकोमा उत्तर कोरियाली नेता किमको चिन्ता


सियोल ।
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सफ्ट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।

गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिने गरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए ।

उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा ऊर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।

यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ । सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे धारणा राखेका थिए । बैठक यो हप्ता राजधानी प्योङयाङमा सुरु भएको हो ।

बैठकमा नेता किमले गएको वर्षको तुलनामा यो वर्ष औद्योगिक उत्पादन एक चौथाइले बढेको बताएका छन् । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने बुझिएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया