अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी
काबुल, माघ ५
अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ । तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेको अफगानी विद्रोही समूहका प्रवक्ताले बताएका छन् । प्रवक्ता सुहाइल शाहिनलाई उद्धृत गरी पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ले लेखेको छ, ‘तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच यसै हप्ता कतारको राजधानी दोहामा वार्ता भएको छ र सम्झौताका लागि सैन्य गतिविधि घटाउँदै लाने सहमति भएको छ ।’ तालिवानी विद्रोहीले यसअघि एएफपीलाई दिएको सूचनामा उनीहरूले केही समय (छोटो) युद्धविराम गर्न लागेको बताएको थियो ।
‘तालिवान समूह वाशिङ्टनसँग सम्झौता गर्ने बिषयमा निकै आशावादी रहेको छ’, प्रवक्ताले भने । सहमतिमा अफगानी सेनाले विद्रोहीविरूद्धको कारबाहीलाई देशभर घटाउँदै लाने पनि उल्लेख छ । ‘यो विषय अब केही दिनको हो’, प्रवक्ताले भनेका छन् । वासिङ्टनले केही हप्ता हिंसात्मक गतिविधि कम गरी तालिवान समूहले शान्तिको वातावरणलाई प्रत्याभूत गर्न आग्रह गरेको छ । तालिवान समूहले शान्तिको वातावरण प्रत्याभूत गरेपछि दुई दशकसम्म अफगानिस्तानको सरकारी सेनालाई सहयोग गर्दै आएको अमेरिकाले आफ्नो सेनालाई फिर्ता लान सुरू गर्नेछ ।
तालिवान र अमेरिकाले करिब एक वर्षपछिको वार्तापछि सन् २०१९ को सेप्टेम्बरमा सम्झौताको नजिक पुगेको घोषणा गरेको थियो तर राजधानी काबुलमा तालिवानी समूहको आक्रमणमा अमेरिकी अधिकारीको मृत्युपछि अमेरिकी राष्ट्रपतिले एकाएक सहमतिको प्रक्रिया ‘अन्त्य’ भएको घोषणा गरेका थिए । अमेरिका र तालिवानी प्रतिनिधिबीच डिसेम्बरपछि कतारमा पुनः वार्ता सुरू भएको थियो तर अफगानिस्तानको बाग्राम सैन्य शिविरमा तालिवानी समूहले आक्रमण गरेपछि फेरि केही समय वार्ता अवरूद्ध भएको थियो । बाग्राम सैन्य शिविरलाई अमेरिकाले सञ्चालन गर्दै आएको छ ।
अमेरिकासँगको सम्झौतापछि तालिवान समूह र अफगानी सरकारबीच वार्ताका लागि बाटो खुल्ने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्न सहमति जनाइसक्नुभएको छ भने तालिवानले पनि विदेशी जिहादी समूहलाई अफगानिस्तानमा आश्रय नदिने विषयमा सहमति जनाएको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो प्रवेश अल–कायदासँगको तालिवानी सम्बन्ध भएको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया