Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो


बेइजिङ ।
चीनमा गत बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तीव्र बनाइएको जनाएको छ । मुख्य सहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर दुई अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् । तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तीमा एक डोज खोप लगाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया