Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ संक्रमित

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ संक्रमित


नयाँदिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । एएनआईका अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम संक्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार चार सय ९१ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको संख्या ८७ हजार नौ सय १७ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९८ लाख ८१ हजार नौ सय ६५ रहेको छ । तीमध्ये सात लाख २९ हजार दुई सय ४३ जना अझै पनि संक्रमित अवस्थामै छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया