Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्न्यापच्याटले हटायो विवादित ‘स्पिड फिल्टर’

स्न्यापच्याटले हटायो विवादित ‘स्पिड फिल्टर’


लन्डन ।
सामाजिक सञ्जाल कम्पनी स्न्यापच्याटले विवादित ‘स्पिड फिल्टर’ फिचर हटाएको छ । यो फिचरले प्रयोगकर्ताले तस्बिर या भिडियो लिँदा कति द्रुतगतिमा यात्रा गरिरहेको भन्ने देखाउँछ ।

यसको मातृकम्पनी स्न्यापले मुस्किलले प्रयोग भएको भन्दै उक्त फिचर हटाएको बताएको छ । तर कम्पनीविरुद्ध दुई किशोरका परिवारले मुद्दा हालेका छन् । उनीहरुले फिल्टरले आफ्ना छोराहरुलाई खतरनाक गतिमा गाडी चलाउन दुरुत्साहन गरेको र यसले तीनवटा मृत्यु नै भएको आरोप लगाएका छन् ।

स्न्यापले भने गाडी चलाएको बेला यो फिचर निष्क्रिय पारेको दाबी गरेको थियो । यसबाहेक प्रयोगकर्तालाई चेतावनी समेत दिएको र ३५ किमि प्रतिघण्टाको गतिसम्म मात्र सक्रिय बनाएको दाबी गर्दै आएको छ ।

कम्पनीका प्रतिनिधिले स्न्याप कम्युनिटीको सुरक्षा नै महत्वपूर्ण रहेको बताएको बीबीसीले जनाएको छ । केही हप्तामै उक्त फिचर स्न्यापच्याटबाट हट्ने ती प्रतिनिधिले बताएका छन् । स्न्यापच्याटका ५० करोड प्रयोगकर्ता रहेको बताइएको छ ।

सन् २०१७ मा अमेरिकी राज्य विस्कन्सिनमा कार रुखमा ठोक्किएर १७ वर्षीय दुई युवा र २० वर्षीय एक युवाको मृत्यु भएको थियो । सो बखत एउटा स्न्याप भएको तस्बिर खिचिँदा कारको गति १२३ माइल प्रतिघण्टा रहेको अदालतमा पेस भएको कागजातले देखाएको छ ।

स्न्यापले खतरनाक तीव्र गतिमा स्न्याप हुने कार्यलाई प्रोत्साहन गरेको आरोप लगाइँदा उसले फिचरको प्रतिरक्षा गरेको थियो । यसबाहेक सन् २०१५ मा घटेका दुई दुर्घटनाको कारण पनि यही फिचर रहेको अदालतमा बुझाइएको कागजातमा उल्लेख छ । फिलाडेल्फियामा घटेको दुर्घटनामा तीन जना युवती मारिएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया