Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभर्चुअल मुद्रालाई सहयोग पुग्ने कुनै पनि कारोबार नगर्न बैंकहरुलाई चीनको निर्देशन

भर्चुअल मुद्रालाई सहयोग पुग्ने कुनै पनि कारोबार नगर्न बैंकहरुलाई चीनको निर्देशन


बेइजिङ ।
चीनको केन्द्रीय बैंकले सबै बैंकहरुलाई डिजिटल (भर्चुअल) मुद्रासँग सम्बन्धित कुनै पनि कारोबार रोक्न निर्देशन दिएको छ ।

यसअघि नै क्रिप्टोकरेन्सीमाथि कडाइ गरेको चीनले बैंकहरुलाई यस्ता कारोबारलाई सहयोग नगर्न भनेको बीबीसीले जनाएको छ । योसँगै चिनियाँ बैंक र भुक्तानी सेवाप्रदायक बिटक्वाइनलगायतका भर्चुअल मुद्रासँग सम्बन्धित गतिविधिबाट वञ्चित भएका छन् ।

चीनले सिचुवान प्रान्तमा बिटक्वाइन माइनिङ अपरेसन समेत बन्द गर्न गत शुक्रबार निर्देशन दिएको थियो । यो समाचारसँगै सोमबार बिटक्वाइनको मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको थियो । तर मंगलबार भने एसियन ट्रेडिङमा केही सुधार भएको बताइएको छ ।

अप्रिलमा ६३ हजार अमेरिकी डलर प्रतिबिटक्वाइन मूल्य पुगेपछि ओरालो लाग्ने क्रममा हालसम्म ५० प्रतिशतले यसको मूल्य गिरावट भएको छ ।

सोमबार चिनियाँ केन्द्रीय बैंक (पिपल्स बैंक अफ चाइना) ले भर्खरै धेरै मुख्य बैंक र भुक्तानी सेवाप्रदायकलाई क्रिप्टोकरेन्सी ट्रेडिङमा कडा कदम चाल्न सचेत गराएको जनाएको छ ।केन्द्रीय बैंकले यसबाट ट्रेडिङका रुपमा वस्तु वा सेवाको कारोबार नगर्न भनेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया