Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोभिड पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति

कोभिड पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति


ब्रसेल्स ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताएकी छिन् । आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार योजनालाई स्वीकृत गरेको हो । आयोगकी अध्यक्ष लायनले तीनै मुलुकको भ्रमण पनि गरेकी छिन् ।

इटालीमा लायनले इटालीका प्रधानमन्त्री मारियो ड्रागीसँग भेटवार्ता गरेकी थिइन् । प्रधानमन्त्री ड्रागीसँगको भेटपछि ट्विट गर्दै लायनले इटालीका लागि ९० करोड अमेरिकी डलरको आर्थिक पुनरुद्धार योजना स्वीकृत गरेको बताएकी छिन् । युरोपेली आयोगबाट सर्वाधिक ठूलो आर्थिक सहायता प्राप्त गर्नेमा इटाली रहेको छ । आयोगका अनुसार इटालीले अनुदानबापत ६८.९ अर्ब युरो र ऋणबापत १२२.६ अर्ब युरो प्राप्त गर्नेछ ।

यसैगरी जर्मनीले स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनको डिजिटाइजेसनका लागि सहायता प्राप्त गर्नेछ । जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीले हाइड्रोजन, माइक्रोइलेक्ट्रोनिक्स, क्लाउड र डेटा प्रसेसिङका क्षेत्रमा लगानी बढाउने बताएकी छिन् । आयोगकी अध्यक्ष लायनले लाट्भियाको आर्थिक पुनरुद्धार योजनाका बारेमा पनि घोषणा गरिन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया