Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा दैनिक संक्रमितको संख्या ५० हजार तल

भारतमा दैनिक संक्रमितको संख्या ५० हजार तल


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पीटीआईका अनुसार कुल संक्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या तीन करोड २८ हजार २०९ पुगेको छ ।

पछिल्लो २५ घण्टामा भने ५० हजार आठ सय ४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार तीन सय ५८ जना जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या भने तीन लाख ९० हजार छ सय ६० पुगेको छ ।

महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकको संख्या घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या छ लाख ४३ हजार एक सय ९४ रहेको छ । सक्रिय संक्रमितको संख्या पनि अहिले कम हुदै गएको हो । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार एक सय ९८ पटक परीक्षण भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया