Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीनविरोधी चिनियाँ आप्रवासीको माग

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीनविरोधी चिनियाँ आप्रवासीको माग


म्युनिख (जर्मनी) ।
आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।

कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य नभइसकेकाले आगामी वर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाइ छ ।

बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियानस्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् । विभिन्न देशमा छरिएर रहेका चीनविरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी वर्ष पनि खेलकुद प्रतियोगिता गराइहाल्ने अवस्था नरहेको दाबी गरेका छन् ।

उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटीका जिम्मेवार पदाधिकारीहरुसम्म पु-याउन पनि आग्रह गरेका छन् । चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टिकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दबाबमूलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् । बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २० सम्म बेइजिङ नेशनल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा सात खेलका एक सय नौ प्रतियोगिता हुने तय गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया