Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहामारीका बेला लाखौँ मानिस लखपति भए

महामारीका बेला लाखौँ मानिस लखपति भए


लन्डन ।
कोरोना भाइरस संक्रमणले महामारीको रुप लिँदा संसारभर ५० लाखभन्दा धेरै मानिस लखपति भएको एउटा अनुसन्धानले देखाएको छ । क्रेडिट सुसी रिसर्चले संसारमा लखपतिको संख्या ५२ लाखले बढेर पाँच करोड ६१ लाख पुगेको देखाएको हो ।

सन् २०२० मा पहिलोपटक एक प्रतिशत युवा लखपति बनेका थिए । सेयरबजारमा सुधार र घरको मूल्य बढ्दा उनीहरुको सम्पत्ति बढेको बताइएको छ । यो धनार्जनले अर्थतन्त्रमा महामारीले पारेको असरलाई समेत बेवास्ता गरेको अनुसन्धाताहरुले बताएका छन् । न्यून ब्याजदर र सरकारी सहयोगका राहत कार्यक्रमले सार्वजनिक क्षेत्रबाट विशाल आकारमा सम्पत्ति घरपरिवारमा हस्तान्तरण भएको बताइएको छ ।

सोही कारण घरायसी बचतमा समेत ठूलै वृद्धि भएको छ । यसबाट गृहऋण पनि घटाएको बताइएको छ । तीन करोड डलरभन्दा धेरै लगानीयोग्य सम्पत्ति भएका अल्ट्रा हाइ नेटवर्थ सम्पत्ति भएका व्यक्ति नै सन् २०२० मा विश्वभर २४ प्रतिशतले वृद्धि भएको छ । यो सन् २००३ यताकै उच्च वृद्धिदर हो ।

क्रेडिट सुसीका अनुसार लखपतिको संख्या अनुसन्धानमा खुलेभन्दा धेरै हुनसक्नेछ । क्रेडिटले लगानी गर्न सकिने र नसकिने दुवैखाले सम्पत्तिबारे अनुसन्धान गरेको बताएको छ । विज्ञहरुले महामारीले विश्व बजारमा केही थोरै अवधिलाई मात्रै प्रभाव पारेको बताएका छन् ।

यो रिपोर्टले विश्वको कुल सम्पत्ति ७.४ प्रतिशतले बढेको देखाएको छ । २१औँ शताब्दी सुरु भएयता १० हजार डलरदेखि एक लाख डलरसम्मको सम्पत्ति सन् २००० मा ५० करोड ७० लाख डलर रहेकोमा सन् २०२० को मध्यसम्म बढेर एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ । खासगरी उदाउँदो अर्थतन्त्र भएका चीनजस्ता देशमा मध्यमवर्गीय मानिसहरुको विस्तार भएको रिपोर्टले उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया